In Service of Humanity

In service of humanity, I dedicate my life  to the upliftment of the society and the nation by assimilating truth and honesty; to adapt a humble lifestyle and aspire for supreme wisdom; to adapt a compassionate and non-violent vegetarian lifestyle; to spread and practice humane values in all capacities I can – Dr. Govinda Tandon

सत्य र इमानलाई आत्मसात् गर्दै समाज र राष्ट्रको उत्थानमा समर्पित हुने तथा आफ्नो जिम्माको कामलाई भोलि नभनी निष्ठापूर्वक सतत लागि निश्चित समयमा समाप्त गर्ने। ‘सादा जीवन उच्च विचार’ लाई प्रोत्साहित गर्दै सात्त्विक खानपानमा जीवनयापन गर्ने इच्छाअनुरूप जीवनलाई तदनुकूल बनाएको।नेपाल राष्ट्रको एकतालाई हरहालतमा सुदृढ तुल्याउने कार्यमा भरमग्दुर प्रयत्न गर्दै देशको परम्परागत मूल्य र मान्यताको प्रतिष्ठा तथा गरिमा बढाउने कार्यमा सदैव दत्तचित्त रहनुलाई जीवनको उद्देश्य बनाएको।मानवोचित संस्कृतिलाई सम्वर्द्धन एवं प्रवर्द्धन गर्ने तथा विकृति, अन्धविश्वास, जातिभेद, रङ्गभेदलाई हटाइ ‘शाकाहार जीवनको आधार’ एवं “पशुबलि धर्म होइन’ भन्दै सकारात्मक सोचको माध्यमबाट मानवताको रक्षार्थ प्रतिबध्द भई सेवाकार्यमा जुट्ने।”वसुधैव कुटुम्वकम्” को विश्वजनीन सिध्दान्तलाई प्रोत्साहित गर्दै सेवामा अनवरत जुट्ने लक्ष्य राखेको।अबको संसारलाई सफल मानिसहरूभन्दा हरेक दृष्टकोणले असल, उदार, दिव्य, विशाल दृष्टिकोण भएको नागरिकको आवश्यकता छ।त्यसको लागि विश्वव्यापी रूपमा पहल हुनुपर्छ भन्ने दृष्टिकोणलाई सम्मान गर्दछु।
यो संसार पशुपक्षीको पनि भएकोले उनीहरूको अस्तित्वलाई स्वीकारेर हिंसारहित समाजको निर्माण गर्दै स्वास्थ्य, पर्यावरण आदिको वर्चस्वको लागि वनस्पतिजन्य वस्तुहरूको बढीभन्दा बढी उपयोग गरी पशुपक्षीको हिंसा गर्ने प्रवृत्तिलाई हटाउँदै साच्चै नै मानवोचित समाज र राष्ट्रको निर्माणमा योगदान पु-याउन आव्हान पनि गर्दछु। – डा. गोविन्द टण्डन

Latest

Latest Books, Interviews & Videos