Animal Rights Movement
Dr. Govinda Tandon is a pioneering figure in Nepal’s animal rights and vegetarian movement. Growing up near the Pashupatinath Temple, Dr. Tandon was deeply moved by the contradiction of animal sacrifice in a place named after “Pashupati,” the Lord of Animals. This inspired his lifelong mission to advocate for animal rights and promote vegetarianism. He founded campaigns like the “Pashu Balidan Nishedh Chetana Abhiyan” (Animal Sacrifice Prohibition Awareness Campaign), which has grown over decades to challenge traditional practices of animal sacrifice, particularly during religious festivals like Dashain and Gadhimai.
Tandon’s activism began nearly three decades ago, initially as underground awareness programs before emerging publicly in 2065 B.S. (2008 A.D.). His campaigns are characterized by peaceful rallies, educational workshops in schools and colleges, and strong opposition to state-sponsored animal sacrifices. He believes that the killing of animals in the name of religion is against the true essence of spirituality and is driven by ignorance, not religious teachings.
Tandon’s work extends beyond awareness; he has led rescue operations for abandoned and injured animals, set up shelters near the Pashupatinath area, and published literature like “Pashu Balidan Nishedh Chetana Abhiyan,” which highlights the environmental and ethical consequences of meat consumption. His advocacy emphasizes not just vegetarianism but also veganism, recognizing its growing global influence as a compassionate and sustainable lifestyle.
Dr. Tandon continues to work tirelessly to end animal sacrifices, promote non-violence, and establish a broader understanding of animal rights in Nepal, connecting it with global concerns like climate change and environmental preservation.
पशु अधिकार अभियन्ता र शाकाहारी आन्दोलनका अग्रदूत
डा. गोविन्द टण्डन नेपालका ख्यातिप्राप्त समाजसेवी, सांस्कृतिक संरक्षणकर्ता र पशु अधिकार अभियन्ता हुनुुहुन्छ । उहाँ पशु अधिकारको क्षेत्रमा विशेष योगदान पुर्याउँदै आउनुभएको छ र नेपालमा शाकाहारी जीवनशैलीको प्रवर्द्धनमा अगुवा भूमिका खेल्दै आउनुभएको छ ।
पशुपति मन्दिर क्षेत्र गौशालामा हुर्कनुभएका टण्डनले सानै उमेरदेखि हिन्दू मन्दिरमा हुने पशुबलिको विरोधमा आवाज उठाउन सुरु गर्नुभएको थियो । ‘पशुबलि निषेध चेतना अभियान’ को बीउ रोप्दै उहाँले नेपालमा धर्मका नाममा गरिने निर्दोष पशुहरूको बलिको अन्त्य गर्न थालनी गर्नुभएको हो । उहाँको नेतृत्वमा “पशुपंक्षीप्रति निर्दयता रोकावट समाज” को स्थापना गरिएको थियो, जसको मुख्य उद्देश्य पशुबलिको अन्त्य र शाकाहारी जीवनशैलीको प्रवर्द्धन गर्नु हो।
उहाँको अभियानले पशुबलिको विरोधमा सडक आन्दोलनदेखि चेतनामूलक कार्यक्रमसम्म विस्तार पाएको छ । उहाँले दशैं, गढीमाई मेला, र अन्य धार्मिक मेला तथा मन्दिरहरूमा हुने ठूलो संख्यामा पशुवधको विरोध गर्दै आउनुभएको छ । उहाँले केवल पशुबलिको अन्त्य मात्र होइन, शाकाहारी जीवनशैली र भेगन आहारलाई पनि नेपालमा स्थापित गर्ने अभियानमा सक्रियता देखाउनुभएको छ ।
उहाँको नेतृत्वमा चलाइएको “पशुबलि निषेध चेतना अभियान” ले नेपाली समाजमा शाकाहारी जीवनशैलीप्रति सकारात्मक सोच विकसित गराउन ठूलो भूमिका खेलेको छ । पशु अधिकारलाई मानव अधिकारकै रूपमा स्थापित गर्ने उहाँको दृष्टिकोणले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा पाएको छ।
डा. टण्डनको योगदानले पशु अधिकारलाई राष्ट्रिय बहसको मञ्चमा ल्याएको छ र उहाँ नेपालमा पशु अधिकारका अग्रदूतको रूपमा स्थापित हुनुभएको छ ।