Manavsewa Ashram is a non-profit social organization founded in 2012 in Hetauda, Makwanpur, Nepal, with the mission to make Nepal a “street-people-free country” by providing food, shelter, clothing, health care, and education to the homeless and vulnerable populations. The Ashram offers prompt medical intervention, housing, long-term care, and family reunification services when possible. Since its establishment, Manavsewa Ashram has rescued over 10,000 individuals and operates 23 service centers across 19 districts in Nepal’s seven provinces.
मानवसेवा आश्रम
मानवसेवा आश्रम नेपालको एक अग्रणी सामाजिक संस्था हो, जसले “सडकआश्रित सहयोगापेक्षी मानवमुक्त नेपाल” बनाउने लक्ष्यसहित २०७० सालमा हेटौंडाबाट आफ्नो सेवा यात्रा सुरु गरेको हो। यस आश्रमको स्थापना डा. गोविन्द टण्डनको आध्यात्मिक चिन्तन र रामजी अधिकारीको नेतृत्वमा भएको थियो। संस्थाले बेसहारा, असहाय, मानसिक रूपमा असन्तुलित, वृद्ध, अपांग र सडकमा जीवन बिताइरहेका व्यक्तिहरूलाई उद्धार गरी खाना, नाना, छाना, औषधोपचार र पुनर्मिलनको सेवा प्रदान गर्दै आएको छ। विगत केही वर्षमा मानवसेवा आश्रमले १०,००० भन्दा बढी व्यक्तिहरूलाई उद्धार गरी सेवा प्रदान गरिसकेको छ।
मानवसेवा आश्रमले हालसम्म सातै प्रदेशका १९ जिल्लामा २३ वटा सेवा केन्द्रहरू सञ्चालन गर्दै आएको छ। साथै, संस्थाले विभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गरी वृक्षरोपण, भोजन सेवा, स्वास्थ्य शिविर, सांस्कृतिक कार्यक्रम जस्ता गतिविधिहरू पनि सञ्चालन गर्दै आएको छ। यसले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले “सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन” अभियानमार्फत युवाहरूलाई सेवा र मानवतामा प्रेरित गर्दै आएको छ।मानवसेवा आश्रमको कार्यले नेपालमा मानवता, सेवा र आध्यात्मिकताको समन्वय गर्दै समाजमा उदाहरणीय योगदान पुर्याएको छ।